Saturday, November 5, 2016

“There was just one moon. That familiar, yellow, solitary moon. The same moon that silently floated over fields of pampas grass, the moon that rose--a gleaming, round saucer--over the calm surface of lakes, that tranquilly beamed down on the rooftops of fast-asleep houses. The same moon that brought the high tide to shore, that softly shone on the fur of animals and enveloped and protected travelers at night. The moon that, as a crescent, shaved slivers from the soul--or, as a new moon, silently bathed the earth in its own loneliness. THAT moon.” 
―Haruki Murakami, IQ84

Tuesday, September 27, 2016


                    रामपुर- राजनिती, साइन डाइ... आदि-इत्यादि


आज कुरा गर्न चाहन्छु आफ्नै कलेजको। कृषि तथा वन विश्वविद्यालय, AFU कहिले खुल्छ कहिले बन्द हुन्छ भन्ने कुरा त्यही पढ्ने हाम्लाइ था'हुदैन, अरुलाइ कसरी था'होस्। सधै घर मात्रै बसेको देख्दा छिमेकिले सोधपुछ गर्छन्- कलेज छैन। सधै बन्द भन्दा भन्दा वाक्क लागिसक्यो, अचेल सार्वजनिक बिदामा घर बस्दा पनि कलेजमा तोडफोड भन्दै व्यंग्य गर्छन्। आफ्नो घरतिरका कुनै समयका जुनियर अरु कलेजमा पढेर आफू भन्दा सिनियर भैसके। जे होस् रमाइलै , गाइजात्रा सधै चलिरहन्छ कलेजमा। दुखि भएर नि मरि लान के ? आज यस्तै यस्तै कुरा गर्न ब्लग लेख्न बसियो हेर्नुस्। टुइटरमा १४० क्यारेक्टरमा सिमित हुनुपर्ने जस्तो बाध्यता यता रहेन... त्यसैले लेखिरहन्छु, पढ्ने कष्ट गर्नुहोला, नपढेनी हाम्लाइ बाल ! कसैले पढिदेओस भनेर लेखेको नि हैन, स्वान्तसुखायको लागि लेखेको पो त :)
रामपुरमा विद्यार्थी प्रशासन दुवैमा चरम राजनीति हुन्छ भन्ने कुरा सबैलाई थाहा नै छ। यहाँ प्रशासनमा सबै राजनीतिक नियुक्ति हुन्छन्। 'Divide and Rule' शैलिमा कलेज चलेको भन्दा फरक नपर्ला। त्यसैले यहाँ बौद्धिक भन्दा पनि नेतासङ्ग अलि नजिक हुनेले चान्स पाउछन्। AFU मा छिर्न भएपनी कुनै कुनै पार्टीसङ्ग सामीप्य हुन जरुरी रच- अनि चिरिप्प जागिर पड्कायो मस्त जिन्दगी गुजार्यो आनन्दै विद्धार्थीलाइ राजनीतिक हतियार बनायो, बन्द तोडफोडमा रमायो  कृष्ण भट्टचन सरको शब्द सापटी लिएर AFU मा  यसो गर्दा झैझगडा तोडफोडमा कमि हुन्थ्यो  कि-  वीवी लाइ तीनवटा बनाउन सकिन्छ। कांग्रेस, एमाले र माओबादीको पार्टीका पदाधिकारी सबैलाई स्वत: विद्धावारिधिप्राप्त प्रोफेसर, केन्द्रीय नेतालाई रिडर, जिल्ला स्तरका नेतालाई लेक्चरर र स्थानीय स्तरका नेतालाइ एसीस्टेन्त लेक्चरर बनाउनुपर्छ। पाठ्यक्रम पार्टीका विधान भैहाले, ब्यबहारिक कोर्स ड्याङ्ड्याङ् डुङ्डङ्  कृषि क्रान्ति भाड्मे...
कस्तो बिडम्बना आफुले आर्जन गरेको शिक्षाले इमानदारी जागिर दिन्छ भन्नेमा बिश्वास छैन, कुनै कुनै राजनीति/नेताको चाकरी गनुपर्ने।
अब संघसंगठनमा मौलाएको बिकृतिको छलफल गरौं। विद्यार्थीको हकअधिकारका लागि भनेर महिनौ बन्द गर्न तम्तयार यहाका पार्टिहरु क्याम्पसमा शिक्षकले ट्याम दिन नसकेर कोर्स समयमै भ्याउन नसकेको भनी आवाज निकाल्दैनन। धेरै शिक्षक अन्तै काम गर्ने अनि फुर्सदिलो समयमा क्लास लिने गर्छन्। शिक्षकले फेरि आफुलाइ मन लाग्दी समयमा- कहिले बिहान बजे बोलाएर क्लास अघि बढाउछन। अब भन्नुस्- रामपुर बस्नेलाइ सहज होला, के टाडी नवलपरासीबाट ओहोरदोहोर गर्नेलाइ यो समय सहज ? के च्याउसरी मौलाएका संघसंगठन यस्का जानकार छैनन्?  जानकार नभएजस्तो गर्ने यस्ताबाट अझ हित होला भनेर सोच्नु बेकार हो। भनिन्छ नि- सुतेकालाइ ब्युझाउन सजिलो तर सुतेको नाटक गर्नेलाइ ब्युझाउन सकिँदैन
 त्यस्तै अलि पहिले कलेजको गाडी बिग्रेर लगभग . बर्षभन्दा बढी समय चलेन। सायद बिग्रेको गाडि बनाउन युरोप पठाइएका थियो कि। भरतपुर आसपासका विद्यार्थीलाई गाडी हुदा जुन सहजता हुन्थ्यो, त्यस्तो सुबिधाबाट विद्यार्थी बन्चित भए। हुन कति सुबिधाबाट बन्चित छौ भनेर था'पाउन के कस्ता समयसापेक्ष सुबिधा दिनुपर्छ भन्ने जान्न बुझ्न जरुरी छ। कलेज प्रशासनलाइ जति भने पनि त्यस्तै हो, चाहेन तर यहाका संघसंगठनले के हेरेर बसेका थिए? यिनिहरु कुनै बोलेनन्- आफ्नो स्वार्थ भएको भए पो कलेजमा नारा लगाउथे, तोडफोड गर्थे, पुरै कलेज ठप्प बनाउथे, हैन मान्यवर? अरु बेला विद्यार्थीको हकहित कुन चराको नाम...

विद्यार्थीलाई बन्चित गरिएका यस्ता सुबिधाहरु, शिक्षकले विश्वोविद्यालयलाइ दिनुपर्ने समय, पाठ्यसामग्री (syllabus) समयमा नभ्याउने तर परिक्षाको अन्त्यतिर रातारात सकाउनकै लागि सक्काइदिने परिपाटी जस्ता कुसंस्कारलाई देखेको नदेखेझै गर्ने सङठनहेरुले अझै पनि विद्यार्थीकै निम्ति काम गर्छौ भन्दा कम्तिमा चाहिँ पत्याउदिन। हुन सक्छ कुनै नेता वा गुटको फाइदामा लागि काम गर्दा विद्यार्थीलाई केहि अरु सुबिधा थपिएलान तर ती बाइप्रडक्टका रुपमा थपिन्छन। यसलाइ विद्यार्थीका लागि गरिएको भनेर देखाउनकै लागि संगठनको उल्लेख भुमिका आउँछ, नत्र अरु बेला विद्यार्थी हकहित कहिल्यै प्राथमिकतामा पर्दैनन्। नबआगन्तुक विद्यार्थीलाई आफ्नो पार्टिमा प्रबेश गराउन अनेक आश्वासन दिन्छन् सहयोग पनि गर्छन् तर केहि समयपछि छेपारोको असली रंग देखिन्छ। नवआगन्तुक विद्यार्थीलाई आफ्नो गुटमा प्रबेश गराउने समयमा रामपुर कतिबेला कुरुक्षेत्रमा परिणत हुन्छ पत्तो हुदैन।

प्रशासन पुरै झ्यास भएको कुरा बताइरहन पर्ला ? एउटा सेमेस्टरको विद्यार्थी आन्दोलनपछि भत्ता दिन सहमत भएको प्रशासन अर्को सेमेस्टरका विद्यार्थीलाई उति नै भत्ता दिन किन असहमत? एउटालाइ काखा अर्कोलाई पाखा- अर्को अर्थमा शक्तिप्रदशन हेरेर भत्ता दिने? कतिले यस्लाइ AFU TU जुधाउने रहस्यमय खेल भैरहेको पनि अडकल काटेका छन्। खास कुरो के हो पछि आउदै जालान।
विद्यार्थीलाई दिनुपर्ने समयसापेक्ष सेवा सुबिधा नदिने तर आन्दोलन तोडफोड गरेपछी दिने प्रशासनको परम्पराले रामपुरमा अराजकता मौलाएको सत्य हो। विद्यार्थीलाइ पेलेर जान खोज्ने प्रशासन अनि ससाना मागमा पनि पुरै कलेज ठप्प बनाउने प्रवृत्ति अझ भयानक च। एउटा सेमको आन्दोलनले अरु सेमका पुरै कार्यक्रम ठप्प हुन्छन्। यस्ले गर्दा सेमेस्टर लम्बिने बर्षे ब्याचलर अझ पछि धकेलिदा विद्यार्थीलाई कति घाटा लाग्छ यस्को कुनै लेखाजोखा छैन। प्रशासन कति लोइतिङ्ग्रे भने रुटिन निस्केपछी पनि केही विद्यार्थीको कारण अरु पुरै बाकी विद्यार्थीलाइ परिक्षाबाट बन्चित गराउछ। अर्को अर्थमा एउटा विद्यार्थीले आफ्नो कारण परिक्षा सारेर प्रशासनलाई नचाइदिन सक्छ। वा भनौ परिक्षा हुने 'खास' मिति प्रशासनले हैन कि केही विद्यार्थीले निकाल्छन। हाम्लाइ अहिलेसम्म प्रशासनले सुरुमा जारी गरेको रुटिन अनुसारको मितिमा कुनै परिक्षा भएको छैन। अवस्था यस्तो सिर्जना भैसक्यो कि परिक्षा किन सारेको भनेर बुझेमा कुनै जोडिको डेटिङको लागि सरेको भन्ने उत्तर प्रशासनबाट आएमा आश्चर्य नमान्दा हुन्छ। जमाना बदलिँदो  :D

रामपुरमा AFU स्थापना भएको भएको कृषिमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि होला नि। एउटा परिक्षा राम्रोसँग संचालन गर्न नसक्ने AFU ले कस्ता जनशक्ति उत्पादन गर्ला? विद्यार्थीले नै परिक्षा तोक्ने हो भने AFU को परिक्षा नियन्त्रकको काम चाहिँ के हो? जुन भिजनका साथ कृषि तथा वन विश्वविद्यालय गठन भयो त्यतातिर आफु समयसापेक्ष लम्कन सक्दैन भने किन चाहियो छुट्टै विश्वविद्यालय? रामपुरमा पहिले नै थिएन त्रिभुवन विश्वविद्यालय अन्तर्गत IAAS मान्यवर?

यहाँ विद्यार्थी संगठन प्रशासन गतिलो छ। यी दुइमा असल कुन भन्नू भन्दा पनि यी दुई खराबमा कम खराब कुन भन्दा प्रश्न सहि देखिन्छ। यसो भनिरहदा यस्मा लागेका सबै खराब भन्न खोजेको चाहिँ हैन। धेरै विद्यार्थी असल छन् यस्तो अराजकताबाट माथी उठ्न चाहन्छन्। धेरैको मुल उद्देश यहाँ राम्रोसङ्ग पढेर एक कृषि बिज्ञ बन्ने नै हो कि तोडफोड गर्ने नेता कार्यकर्ता। तर तिनिहरु नेतृत्वको अग्रपंक्तिमा रहेका केही महाशयको छायामा परे। सरकारी क्याम्पसमा विद्यार्थीको हकहितको लागि राजनीति गर्नु स्वभाविक भए पनि पक्लिहवा, लमजुङ रामपुरमा आफ्नो 'गुट' बिशेषको स्वार्थका लागी 'अराजक'नीति बढी हावी भएको देखिन्छ। रामपुरमा 'राम' जस्तै भएर इन्ट्री गर्ने नबअगन्तुक विद्यार्थीलाइ यहाको वातावरणले व्याच्लर पास गरिसक्दा 'राबण' जस्तै बनाइदिन्छ. 

साइन डाइ भन्दा पहिले कलेज प्रशासनको केन्द्रिय कार्यालयमै ताला लगाइएको थियो। मुख्य कार्यालयमा - वटा ताला झुन्डाइएको फोटो कान्तिपुर दैनिकमै आएको थियो। भित्ताहरु मागपत्रले भरिभराउ थिए।करिब एक महिनासम्म कलेज पुरा ठप्प भयो।एउटा सेमेस्टर प्रशासनको कुरा नमिल्दा अरु पुरै सेमेस्टर प्रभावित भयो। यी समयमा बन्दका अलवा तोडफोड पनि भएचन। प्रशासनसंग रुस्ट भएर  जनताको करबाट बनाइएका यस्ता संरचना तोडफोड गर्नु कुन हिसाबले उचित होला र ?
बिगत केही महिनामा अराजकता मौलाएको भन्दै 'साइन डाइ' लगाइदिएछ प्रशासनले। पहिलो पटक सुनेको शब्द थियो मेरा लागि यो। के रच- मेसो नै पाइएन सुरुमा त। अलिपछी पो था'भो कि कलेज अनिश्चित कालका लागि बन्द भएच। अनि विद्यार्थीले होस्टेल पनि खाली गर्नुपर्ने बाध्यता हुदो रच। पढाई नहुने भएपछी होस्टेलका झ्यापझुप सामान प्याक गरेर घरतिर, अनि कति होस्टेल बाहिर। अनि सबैमा पढाइ कहिले सुचारु होला भन्ने अन्योल कायमै।
महिनौं बन्द तोडफोडमा हिस्सेदार नभएका विद्यार्थीले होस्टेल खाली गर्नुपर्ने भो छोटो समयमै। एउटा सेम प्रशासनको कुरो नमिल्दा तोडफोड भो अनि पछि यहि बिषयलाइ लिएर 'साइन डाइ' घाटा भो सबै सेमकालाई। कुनै सेमको परिक्षा रोकियो, कुनैको परिक्षा सुरु हुन नपाउदै बन्द भो- जे भयो राम्रो भएन। बन्द जे को कारणले गरेपनि घाटा हुने विद्धार्थीलाइ हो। चक्कुमा  खरभुजा परोस वा खरभुजामा चक्कु परोस काटिने त् खरभुजा नै हो नि 'साइन डाइ' आवस्यक थियो वा थिएन भन्ने बिषयमा पछि बहस हुँदै गर्ला तर यस्ले संकट उत्पन्न गरेको छ। एउटा सेमको प्रशासनसङ्ग कुरो नमिल्दा सबै सेमकालाइ घाटा- यस्तो परिपाटी अन्त्य गर्न अग्रसर हुनुपर्यो मान्यवर !

अर्को अर्थमा 'साइन डाइ' ले रामपुरमा 'संकट' उत्पन गरेको छ। यो संकटको समयमा हामी दुखी भएर मात्रै केही हुनेवाला छैन रामपुरमा पढेकोमा पछुतो मानेर। जापानी/चिनियाँ भाषामा संकटको अर्थ 'खतरनाक अबसर' हुन्छ। अब यो संकटको परिणाम 'खतरा' कि 'अवसर' भन्ने हाम्रै अक्कलामा निर्भर गर्छ। अँध्यारो बादलमा पनि चादिको घेरो हुन्छ भन्छन्। हिलोका माझ पनि कमल फुल्न सक्छ, हो हामी यहि मौकामा रामपुरको अराजकता अस्थिरता सधैको लागि अन्त्य गर्न लागौं। यो सुधार प्रशासनबाट होला भनेर बस्यौ भने हामी कहि पनि पुग्दैनौ। 'आखाको बदला आँखा' को सोच हटाऔ। प्रशासनसंग समयसापेक्ष माग गर्दा विद्धार्थीनै भएर माग गर्दा बलियो भाइन्छ न कि कुनै पार्टीमा बिभागित भएर। रामपुरमा चलिआएका कुसंस्कारलाई छोडेर सुसंस्कारको बाटोमा पाइला चाल्दा सबैको भलो हुन्छ। यहाँ नेल्सन मन्डेला जस्तै कुशल नेतृत्व चाहिएको हो जस्ले सबैलाई समेट्न सकोस् कि अहिलेका भ्रस्टाचारी, स्वार्थी नेता। अझ त्यस्ता नेताको चाकरी गर्नु भनेको आफ्नो खुट्टामा बन्चरो हान्नु जस्तै हो भन्ने मेरो बुझाइ छl  बुझेका मान्छेले सानो समुहमा भएपनी अतिवादी चिन्तन बिचार हटाउने प्रयास गर्नपर्छ। आफू मात्रै राम्रो अरु बाकी खराब भन्नेले अतिवादी चिन्तनलाइ मलजल गर्छन्। नत्र यस्ता घटना फेरि नदोहोरिएलान भन्न सकिदैन। रामपुर राजनिती गर्ने अखडा हैन कि कृषिबिज्ञ उत्पादन गर्ने पावन भुमि हो भन्ने कुरा भुल्नुभएन पहिले। कलेजमा राजनितिक बहस भन्दा प्राज्ञिक बहस भएमा यस्ले देशको कृषिक्रान्तीमा योगदान गर्छ, नत्र  कृषिक्रान्ति राजनीतिका नारामा मात्रै सिमित हुन्छ l

केही दिन अघि पुर्ब अथर्सचिव रामेश्वर खनालले ज्यादै टेस पर्ने ट्विट गर्नुभयो..https://twitter.com/rameshore/status/780006346204655616


यो देशमा राजनिती गर्ने राजनेता कोहि छैनन् राजनिती बेच्ने दलाल मात्रै छन्। रामपुरमा कस्तो राजनितीको खेला हुन्छ आफै मुल्यांकन गरौं।

लास्टै धेरै लेखिएछ कि क्या हो। अब के भन्न चाहन्छु भने हामी यो अराजकता, तोडफोड गर्नतर्फ नलागौ। राम्रो कामको लागि एकाअर्कालाई प्रेरित गरौ, साथ दिउ तर सानो मागको लागि पुरै कलेज ठप्प बनाउने प्रवृत्तिको बिरोध गरौ। राजनीतिक पार्टीको झण्डा बोक्न र नारा चर्काउनमा धेरै उर्जा खर्च नगरौ  जादा जाँदै मार्टिन लुथर किङको तल फोटोमा दिएको यो भनाइ व्यबहारमा लागू गर्ने प्रयास गरौं। 
धन्नै भन्न छुटेको.. पढेर सक्नुभो यो लेख मन परेमा साथिलाइ पढ्न भन्नुहोला, मन नपरे मलाइ जानकारी दिनुहोला। सल्लाह सुझाब दिन नबिर्सनुहोला। अर्को लेखमा भेट हुनेनै , धन्यवाद !




जय कृषि, जय रामपुर !!